वैतरणीधाम सुधार समितिको १४औं साधारण सभा सम्पन्न समितिको अध्यक्षमा केशबप्रसाद घिमिरे


तामाङपेज,१ वैशाख, श्याम ङेसुर तामाङ ,ललितपुर

वैतरणीधाम सुधार समितिको १४ औं वार्षिक साधारण सभाको दीप प्रज्वलन गरेर एक समारोहकाबीच ललितपुर क्षेत्र न.१ का प्रतिनिधि सभाका साम्सद नवराज सिल्वालले समुदघाटन गर्नु भएको छ ।

समुदघाटन गर्नुहुदै साम्सद सिल्वालले दक्षिण ललितपुर र वैतरणीधामको धार्मिक पर्यटनको विकासको लागि आफ्नो पहलमा रु. ५ करोड बजेट नेपाल सरकारबाट पार्न सफल भएको बताउनुहुँदै ,यसरी विभिन्न योजनामा विकासको लागि परेको बजेटको कार्यन्वयन चुस्त ,दुरुस्त हुनुपर्ने ,त्यस्को लागि स्थानिय सरकारका निकायहरु जागरुक हुनुपर्नेमा जोड दिनु भएको छ ।

प्रदेश सभाका साम्सद लालकुमारी पुन शुशिलाले आफुपनी दक्षिण ललितपुरको विकास र दक्षिण ललितपुरवासीको उन्नती लागि प्रदेश सरकारबाट सक्दो बजेट पार्न लागि रहेको ,सबैको सहकार्यले मात्र विकास सम्भव भएकोले साथ र सहकार्यको लागि अनुरोध गरिन ।

महाङकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दहालले धार्मिक संस्था आस्थाले काम गर्ने भएकोले आजको साधारण सभा नै निर्णायक भएको बताउदै वैतरणीधामको विकासको लागि महायज्ञ सम्पन्न गर्न रु.७ लाख र एम्बुलेन्सको मर्मत सुधारको लागि रु.४ लाख गरि रु.११ लाख गाउँपालिकाले दिइएको जनाए ।

नेपाली काङ्ग्रेसका महासमिति सदस्य ॠषिराम घिमिरेले गोटिखेलमा रहेको वैतरणीधामको विकासले यस भेगका बासिन्दाको आर्थिक अवस्थामा मजबुत हुने बताए । समितिका सचिव मुकुन्दप्रसाद पराजुलीले स्वागत मन्तब्य र स्थानिय शिक्षक रामसुन्दर केसिले समारोहको संचालन गरेका थिए ।

महायज्ञ सम्पन्न गर्न सहयोग गर्ने दाताहरु महाङकाल गाउँ पालिका,पण्डित हरिप्रसाद घिमिरे, ऋषिराम घिमिरे,राजकुमार दहाल ,गङगाराम तिमल्सिना ,होमप्रसाद घिमिरे ,गणेशबहादुर केसी,मुकुन्दप्रसाद पराजुली लगायतलाई प्रतिनिधि सभाका साम्सद नवराज सिल्वाल ,प्रदेश सभाका साम्सद लालकुमारी पुन शुशिलाले सम्मान पत्र ,मायाको चिनो प्रदान गरेका थिए ।

साधारण सभामा महाङकाल गाउँपालिकाका उपाध्यक्ष कमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत ओमप्रसाद पाण्डे,महाङकाल गाउँपालिका – १,२,३,५,६ वडाका वडाअध्यक्षहरु खोमप्रसाद गौतम ,सन्चमान स्याङतान तामाङ ,गङगाराम तिमल्सिना,खोमप्रसाद दहाल ,रामकृष्ण आचार्य ,नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेताहरु चरसुन्दर महर्जन ,प्रभाकर थापा,नवराज महत ,नेपाली काङ्ग्रेसका युवा नेता ॠषीदेव फुयाल,ईप्रका टुङ्गुन गोटिखेलका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक रामबालक ठाकुरको सहभागिता रहेको थियो ।

समितिका अध्यक्ष केशबप्रसाद घिमिरेले प्रगती प्रतिबेदन ,कोषाध्यक्ष ठाकुरप्रसाद घिमिरेले समितिको आर्थिक प्रतिबेदन सहित रु.५६ लाख ८९ हजार ८ रुपैयाको आयब्यय प्रस्तुत गरेका थिए ।

साधारण सभाको बन्द सत्रले वैतरणीधाम सुधार समितिको अध्यक्षमा केशबप्रसाद घिमिरे प्रभु,उपाध्यक्ष मुकुन्दप्रसाद पराजुली ,सचिव सुरेश सन्जेल,सहसचिव रामशरण दहाल,कोषाध्यक्ष ठाकुरप्रसाद दुलाल,सदस्यहरुमा विनोदप्रसाद तिमल्सिना,राजकुमार दहाल ,चन्द्रबहादुर ग्लान तामाङ ,सीता फुयाल ,किरण दुलाल ,मनकुमारी परियार ,तेजकुमारी घिमिरे,निरण्जन घिमिरेलाई निर्बिरोध निर्बाचित गरेको छ ।

प्रकाशित: समय: 6:50:37  577पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार