भूमि बैंकको स्थापना गर्ने विषयमा चलखेल हुन थालेकोमा कृषि समितिको ध्यानाकर्षण


संसदको प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि बैंक स्थापना गर्ने सम्बन्धमा छलफल सुरु गरेको छ ।

सरकारले बजेट मार्फत नै भूमि बैंकलाई प्राथमिकतामा राखेपछि समितिले छलफललाई अगाडि बढाएको छ । छलफलमा भू उपयोग ऐनको स्प्रिट अनुसार भूमि बैंकको स्थापना गर्ने विषयमा चलखेल हुन थालेको भन्दै समितिको ध्यानाकर्षण भएको समितिका सभापति पूर्णकुमारी सुवेदीले बताईन् ।

उनले अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कम्पनी मोडलमा भूमि बैंकको स्थापना गर्न खोजेको भन्दै त्यसमा समिति सचेत बनेको स्पस्ट पारिन् ।

भूमाफियाहरुले कुनैपनि रुप र रंगबाट चलखेल गर्न सक्ने विषयमा आफुहरु सचेत रहेको र भूमि बैंकलाई बाँझो जमिनको अधिकतम उपयोग हुने गरी स्थापना गर्ने सम्बन्धमा छलफल अगाडि बढाइएको उनको भनाई छ ।

मन्त्रालयबाट कम्पनीको मोडलमा लैजाने गरी कार्ययोजना ल्याउन लागिएको भन्दै सभापति सुवेदीले समितिले कम्पनी मोडलामा भूमि बैंक स्थापना हुन नदिने बताईन् ।

भूमि बैंकलाई कम्पनी मोडेलमा लगिए घातक हुने समेत सभापति सुवेदीले बताईन् ।
समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेले भूमि बैंक स्थापनाका विषयमा बुझाई फरक देखिएको बताए । भूमाफियाहरु हटेर जाने गरी नै भूमि बैंक स्थापना गर्न लागिएको उनको भनाई छ ।

प्रकाशित: समय: 17:00:22  518पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार