बाढीपहिरोले अवरुद्ध शंखु खानेपानीको पाईप लाइनको मर्मत सुधार हुँदै


तामाङपेज संवाददाता ।

ललितपुर ।महाँकाल गाउँपालिका वडा नं.२ मानिखेल ,कतवनको रातोमाटेदेखि वर्षातका कारण अवरुद्ध शंखु खानेपानी पाईपलाइनको मर्मत सुधार शुक्रबारदेखि कोन्ज्योसोम -२ शंखुका वडा सदस्य राम लामाको नेतृत्वमा शुरु भएको छ।

तामाङपेजसँग कुराकानी गर्नुहुँदै वडा सदस्य लामाले कोन्ज्योसोम गाउँपालिका वडा नं.२ शंखु र महाँकाल -१ बुखेलको उन्युचौरसम्म आईपुग्न करिब तीन दिन अझै लाग्ने आज ११ जना स्थानिय बासिन्दाहरुको पहलमा दुई वटा स्थानमा खानेपानीको पाईप जडान तथा मर्मत गरिएको कुरा जानकारी गराएका छन् ।

कोन्ज्योसोम गाउँपालिका वडा नं.२ शंखुको वडा सदस्य समेत रहनु भएका राम लामाले वर्षातका कारण बाढीपहिरोले खानेपानीको पाईप लागेपछी महाँकाल -२ मानिखेल कतवन भन्ज्याङ ,महाँकाल -१ बुखेल बिमिरे उन्युचौंर र कोन्ज्योसोम -२ शंखु मगर गाउँका बासिन्दा खानेपानीका समस्याले ग्रसित रहेको ,खानेपानीको सहजता ,मर्मत सुधार लगायतका कार्य गर्न स्थानिय सरकारले सहयोग गर्नुपर्ने तामाङपेजसँगको कुराकानीमा बताउनु भएको छ ।

प्रकाशित: समय: 20:18:22  821पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार