बाढीपहिरोबाट क्षतिको विवरण संकलन कोज्योसोम गाउँपालिकाको आईतबारदेखि शुरु,क्षतिको विवरण एक हप्ताभित्रमा सकिने संयोजक बम्जनको दाबी


तामाङपेज संवाददाता ।

ललितपुर । अविरल वर्षातका कारण कोज्योसोम गाउँपालिका भित्र भएका क्षतिको विवरण संकलन गर्न कोन्ज्योसोम गाउँपालिका वडा नं.३ दलचोकीका वडाअध्यक्ष तिलकबहादुर बम्जन तामाङको संयोजकत्वमा गाउँपालिका स्तरिय गठित विपत व्यवस्थापन अनुगमन समितिले आईतबारदेखि क्षतिको विवरण संकलन शुरु गरेको छ ।

वडाअध्यक्ष एवं संयोजक बम्जनले तामाङपेजसँग कुराकानी गर्नु हुँदै कोन्ज्योसोम गाउँपालिका वडा नं.२ शंखुको बाँसाडाँडा र कोन्ज्योसोम -३ दलचोकीको सिलिङ्गेको बस्ति र ठोस्ने खोला पुलको अनुगमन तथा निरिक्षण गरेको बताउनु भएको छ ।

विपत व्यवस्थापन अनुगमन समितिका संयोजक तिलकबहादुर बम्जन तामाङ,कोन्ज्योसोम-१ चौंघरे वडाअध्यक्ष सन्तलाल लामा,कोन्ज्योसोम-४ नल्लु वडासदस्य नानिमैंया थिङ तामाङ,पशु अधिकृत डा.सुरज गुरुङ,सव-ईन्जिनियर अशोक रोक्का, राष्ट्रिय पुननिर्माण प्राधिकरण,कृषि प्राविधिक केशबप्रसाद बजगाई सम्मिलित समितिले अनुगमन गर्दा ठोस्नेखोला पुलको अवस्था बाढीका कारण अति दयनिय ,संचालन गर्न कठिनाई रहेको निर्माण गर्नु पर्ने अवस्था ,मानव वस्ती सिलिङ्गेमा बस्न लायक नभएको,शंखु बाँसडाँडाको अवस्था नाजुक रहेको जनाएका छन् ।

समितिका संयोजक बम्जनले कोन्ज्योसोम गाउँपालिका भित्रका चौंघरे,शंखु,दलचोकी,नल्लु र भारदेउको क्षतिको विवरणको संकलन तथा अनुगमन एक साताभित्र सकिने जनाए ।

प्रकाशित: समय: 9:51:33  681पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार