तामाङपेज संवाददाता ।
ललितपुर । गोदावरी नगरपालिका वडा नं.२ विशंखुनारायण साविकको वडा नं ९ कान्लेचौंर खानेपानी ट्याङ्की निर्माणको लागि कान्लेचौंर खानेपानी उपभोक्ता समितिको तर्फबाट युवा समाजसेवी रामचन्द्र पुरीले आईतबार प्रदेश सभा सांसद लालकुमारी पुन शुशिलासमक्ष माग पत्र पेश गर्नु भएको छ ।
युवा समाजसेवी पुरीले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं सांसद पुनले खानेपानी ट्याङ्की निर्माणको लागि आवस्यक बजेटको तर्जुमा गर्न आफुले सक्दो प्रयाश गर्ने बताएको जनाएका छन् ।