श्याम ङेसुर तामाङ,ललितपुर।बालगायिका लिजा लामा र नायिका एबम गायिका सानू खतिवडाको संयुक्त प्रस्तुती सांंगीतिक कार्यक्रम काठमाडौमा भव्य रुपमा हुने भएको छ । बालगायिका १३ वर्षिय लिजा थोकर लामाको थाकथलो दोलखा जिल्ला,मेलुङ गाउँपालिका वडा न.५ डाडाखर्कमा जन्मेकी उनी हाल ललितपुरको नक्खुमा रहेको सुदेशा हाईस्कुलमा कक्षा -७ मा अध्ययन गर्दै छिन् । बालपनको सपना, गायनलाई तिखार्दै अघि बढ्दै गर्दा बुबा राजु लामा पनि चलचित्रकर्मि भएको नाताले बुबाले पनि भरपुर सघाएको लिजा बताउँछिन् ।
पढाईमा पनि अब्बल दर्जाकी लिजाले शब्द वरिष्ठ गीतकार विवि थापा,सङ्गीत मनोज चौलागाईं ,निर्देशक राजु लामा,दृश्य ,क्यामेरा जीवन पराजुली ,मोडल सानू खतिवडाको रहेको आधुनिक गीत मलाई नेपाली चेली भन्दा सुहाउँकै छ भन्ने गीतमा एक वर्ष अघि स्वर दिएको यो गीत युट्युब च्यानलमा सर्वाधिक चर्चा बटुल्न सफल भएको छ ।
यही गीतकैकारण बालगायिका लिजाले आयोजकबाट रु.२५ हजारसम्म नगद पारिश्रमिक लिएकी छिन् । हाल ललितपुरको नक्खुमा बसोबास गर्दै आएकी बालगायिका लिजाको आधुनिक दोश्रो गीत मखमली चोली रेकर्डिङमा ब्यस्त रहेपनि बालगायिका लिजा लामा र नायिका एबम गायिका सानू खतिवडाको संयुक्त आयोजनामा यही २०७६ वैशाख २९ गते ,राष्ट्रिय नाचघर जमल ,काठमाडौमा दिनको २ बजे साङ्गितीक कार्यक्रम आयोजना हुने भएको छ ।
बालगायिका लिजा लामा र गायिका एबम नायिका सानू खतिवडाको गायनको बेजोड प्रस्तुतिले नेपाली गीत ,सङ्गीतमा एउटा नयाँ ,अभुतपुर्व ईट्टा थप्ने चलचित्रकर्मी एबम निर्देशक राजु लामा बताउँछन् ।