जिनियस म्युजिक अवार्ड -२०७५ को नोमिनेशनमा उत्कृष्ट महिला गायिकामा मिङस लामा पर्न सफल ,अवार्डको फाईनल जेष्ठ ११ गते जमलमा हुँदै


श्याम तामाङ,तामाङपेज ।

काठमाडौ बौद्धका तत्कालिन काठमाडौ महानगरपालिका-६ बौद्धमा बौद्ध पन्चायतको प्रधानपन्च,राजनितीज्ञ,समाजसेवी ,स्थानीय वासिन्दा बुबा ज्ञानबहादुर लामा र आमा माया ब्लोन तामाङकी कान्छी सुपुत्रीकी रुपमा आजभन्दा ३७ वर्ष अघि मिङस लामा जन्मेकी हुन् । तामाङ जातिमा लुङबा थरको तामाङ पर्दछ ।

बुबा ज्ञानबहादुर लामा ,दिदिबहिनी ,दाजुभाईको पारिवारिक वातावरण नै गीत ,सङ्गीतमा भएपछी मिङस लामा पनि गायनमा बाल्यकालदेखी नै लागि परेकी थिइन ।

औपचारिक शिक्षा एस एल सि सम्म उतिर्ण गरेकी मिङस भने गायनतर्फ १० वर्ष अघि कस्तो माया बस्योनी भन्ने लोक पप गायनको शब्द ,रचना कमलमान सिंहले गर्नु भएको गीतबाट नै गायनको शुरुवात गरेकी मिङस लामाले हालसम्ममा लोक पप,आधुनिक ,सेलो लगायत विविध भाकामा दर्जनौ गीत गाउदै नेपाली गीत सङ्गीतमा दर्शक ,श्रोताहरुको मन जित्न सफल भएको छ ।

गीत सङ्गितको दस वर्ष भन्दा बढी यात्रा गरेकी गायिका मिङस लामाले गायनको दौडानमा नेपाल लगायत मलेसिया,दुबई ,ओमनसम्म पुगेर आफ्नो प्रस्तुती दिई सकेकी छिन् ।

दर्जनौ संघ,संस्थाहरुबाट सम्मान ,पुरस्कार ,कदर पत्र पाएकी गायिका लामाले दुबई र मलेसियामा उत्कृष्ट गायनतर्फको अवार्ड जित्न समेत सफल भएको छ ।

तामाङपेज अनलाइनसङ्गको कुराकानीमा यहि जेठ ११ गते राष्ट्रिय नाच घर जमलमा हुन गैइरहेको राष्ट्रिय स्तरको जिनियस म्युजिक अवार्ड -२०७५ को सेलो पप गायनतर्फ शब्द ,सङ्गीत आशुसेन लामाको रहेको आफुले गाएको डम्फुमा बजाउ ओई च्याङबा सेलोमा गाउँछु म भन्ने बोलको गीत उत्कृष्ट महिला गायिकातर्फ पर्न सफल भएकोमा खुशी हुँदै गायिका मिङस लामाले आफुलाई जिताउन GMA 29 A टाईप गरेर ३५००५ मा म्यासेज गर्नु भएर भोट दिन सबैमा आग्रह गरेकी छिन् ।

प्रकाशित: समय: 4:44:49  1257पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार