लमजुङमा सतुवा खेती सम्बन्धि व्यवसायिक तालिम बिहीबारदेखि शुरु भएको प्रशिक्षक अजय तामाङद्वारा जानकारी


श्याम तामाङ
तामाङपेज ।

लमजुङ जिल्ला,मर्स्याङदी -८ रिङटाङका लालीगुराँस बहुउद्देश्यीय कृषि तथा जडिबुटी सहकारी संस्थाका कृषकहरुलाई बिहीबारदेखि आधारभूत सतुवा खेती व्यवसायिक सीपमुलक तीन दिने तालिमको शुरुवात भएको छ ।

प्रशिक्षक अजय तामाङकानुसार कृषकलाई जडिबुटी व्यवसायबाट दोब्बर आर्थिक आय गर्न घरेलु तथा उद्योग विकास कार्यालय लमजुङको सहयोगमा नेपाल युवा विकास मन्चको आयोजनामा तीन दिनसम्म तालिमको आयोजना गरिएको जनाएका छन् ।
प्रशिक्षक तामाङ ,लमजुङका युवा नेता,नेपाल अलैंची व्यवसायी महासङ्घ गण्डकी प्रदेसको संयोजक,व्यवसायी तथा नेपाल तामाङ घेदुङ लमजुङको अध्यक्ष समेत रहेर लमजुङमा विभिन्न क्षेत्रमा योगदान दिईरहनु भएको छ ।

प्रकाशित: समय: 5:35:52  811पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार